आजकाे संसद बैठकमा यस्ता छन् सम्भावित कार्यसूची, पारित हाेला त विनियोजन विधेयक ?
- गाउँ सहर संवाददाता
- ४ असोज सोमबार, २०७८ | ०७:२५:०० मा प्रकाशित
काठमाडाैं । सोमवार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाकाे बैठकमा विनियोजन विधेयक अन्तरगत सम्पूर्ण शीर्षकमाथि छलफल गर्ने सम्भावित कार्यसूची छ ।
आजको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्ने उल्लेख छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बावजुद सरकारले सोमवार प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको छ ।
छलफल पछि आज नै विनियोजन विधेयक पारित गर्ने तयारी छ । एमालेको नाराबाजीका बावजुद सरकारले भदौ २७ गते संसदमा प्रतिस्थापन विधेयक मार्फत बजेट संशोधन गरेको थियो ।
विनियोजन विधेयक पारित भएपनि आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गर्न समय लाग्ने भएकोले समग्र बजेट पारित हुन भने केही दिन लाग्नेछ । प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभामा पठाएर त्यहाँबाट पनि पारित हुनुपर्छ ।
बजेट पारित हुन नसक्दा भदौ ३० गतेदेखि मुलुकमा ‘बजेट होलिडे’ चलिरहेको छ । असोज १० गतेभित्रमा बजेटसँग सम्बन्धित विधेयकहरु पारित गरेर ‘बजेट होलिडे’ अन्त्य गर्ने सत्तापक्षको तयारी छ ।
माधव नेपाल लगायत १४ जना सांसदमाथि पार्टीले गरेको कार्वाही सदर गरेर उनीहरु पदमुक्त भएको सूचना टाँस्न माग गर्दै एमालेले भदौ २३ गतेदेखि संसदमा निरन्तर अवरोध र नाराबाजी गर्दै आएको छ ।
सत्तारुढ गठबन्धनका दलहरुले भने आज बजेट निर्णयार्थ प्रस्तुत गर्ने तयारी रहेकाले सबै सांसदलाई उपस्थित हुन ह्वीप जारी गरेका छन् ।
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
प्रतिकृया दिनुहोस