कागेश्वरी मनाेहरा नगरपालिकाकाे अनलाइनमार्फत् नक्शा पास तथा भवन निर्माण व्यवस्थापन प्रणाली तालिम सम्पन्न
- गाउँ सहर संवाददाता
- १ असोज शुक्रबार, २०७८ | २२:०४:०० मा प्रकाशित

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका भवन निर्माण शाखाले यस नगरपालिका भित्र घर नक्शा पास अनलाइनमार्फत नक्शा पास तथा भवन निर्माण व्यवस्थापन प्रणाली EBPS तालिम कार्यक्रम प्रमुख अथिति नगर प्रमुख कृष्णहरि थापा विषेश अथिति नगर उप प्रमुख विन्दु पुडासैनी सिंखडा‚ प्रशासन प्रमुख सीता अधिकारी‚ योजना प्रमुख ऋषिकेश तिम्सिना‚ स्टक्चरल ईन्जिनियर एशोसियसनका केन्द्रीय सदस्य समेत रहेका भवन निमार्ण शाखा प्रमुख स्टक्चरल ईन्जिनियर उमेश जंग थापा लगाएत वडा ईन्जिनियरहरु‚ सव -ईन्जिनियरहरु‚ कर्मचारी‚ परार्मश दाता फिनिक्स सोल्युसन्स्का कर्मचारी लगायत विभिन्न कन्सलटेन्सीका प्रतिनिधिहरुकाबीच एक भव्य एक दिवसीय तालिम संचालनमा भयो ।
गणतन्त्र नेपालको सङ्घीय राजधानी काठमाडौंको उत्तर पूर्वमा अवस्थित यस कागेश्वरी मनोहरा नगरपालिका साविक गोठाटार‚ मूलपानी‚ डाँछी‚ भद्रवास‚ आलापोट र गागलफेदी गाविसहरुलाई समायोजन गरी गठन गरिएको नगरपालिका हो ।
कागेश्वरी मनोहरा नगरपालिका २८.८० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । घरधुरी जनगणना सर्वेक्षण, २०७५ अनुसार यस नगरपालिकामा जम्मा २६१६६ घरधुरी रहेका र वर्षिने १२०० नयाँ घर निर्माण भइरहेकाले बढ्दाे जनसंख्या र सहरीकरण सहज गर्नको लागि व्यवस्थित भवन निर्माण गर्ने सेवा सहज र प्रविधिमैत्री (पेपर लेस्स) बनाउने प्रमुख उद्देश्य रहेको कुरा मेयर कृष्णहरि थापाले बताए । साथै नगर उप प्रमुख विन्दु पुडासैनी सिंखडाले यस तालिमले कागेश्वरी मनोहरा नगरपालिकाले भवन निर्माण व्यवस्थापन चाँडै नै फड्को मार्ने बताए ।
नेपालमा २०० जना स्टक्चरल ईन्जिनियर रहेका त्यस मध्येपनि नेपालमा १५० जना मात्र नेपालमा कार्यरत रहेको अनुमान छ । वस्ती विकास भवन मापदण्डवस्ती विकास भवन मापदण्ड‚ २०७२ अनुसार बढ्दाे सहरिकरणका कारण भवन निर्माणमा प्रत्येक महानगरपालिका‚ उपमहानगरपालिका र नगरपालिकामा कम्तिमा एक जना स्टक्चरल ईन्जिनियरको आवश्यक परेमा थप एक गरि दुई जना स्टक्चरल ईन्जिनियरको दरवन्दी रहेकोमा काठमाडौँ उपत्यकाका महानगरपालिका‚ उपमहानगरपालिका र नगरपालिकामा जम्मा ३-४ वटामा मात्र स्टक्चरल ईन्जिनियर रहेकोमा कागेश्वरी मनोहरा नगरपालिका पनि एक भाग्यशाली नगरपालिका हो ।
स्टक्चरल ईन्जिनियर एशोसियसनका केन्द्रीय सदस्य एवम् कागेश्वरी मनोहरा नगरपालिका भवन शाखा प्रमुख स्टक्चरल ईन्जिनियर उमेश जंग थापाले यस तालिमले सेवा छिटो छरितो र प्रविधिमैत्री बनाउँदै कागेश्वरी मनोहरा नगरपालिकालाई एक उत्कृष्ट नगरपालिकाका रुपमा विकास गर्ने अठोटका साथै “स्वच्छ, सफा, हराभरा, बनाऔं कागेश्वरी मनोहरा” को मूल नारालाई साकार पार्ने बताए । उनले भने, "नक्शा पास अनलाइनमार्फत नक्शा पास तथा भवन निर्माण व्यवस्थापन प्रणाली EBPS तालिम सेवाको गणस्तर र घरैमा बसी बसी आफ्नो काम के कस्तो अवस्थामा रहेको छ कुन बेला निर्मण सम्पन्न हुन्छ भन्ने कुराको ज्ञान हुने र कुनै कारणले प्रतिलिपी आवश्यक भएमा निवेदन दिएको केहि समयमा नै आवश्यक राजस्व तिरि प्राप्त गर्न सक्नेछन् ।"

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस