शुक्रबार रातिदेखि आइतबार रातिसम्मकाे माैसम, तीनैदिन थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा
- गाउँ सहर संवाददाता
- १ असोज शुक्रबार, २०७८ | १९:०९:०० मा प्रकाशित

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको छ ।
हाल देशभर सामान्य देखि पूर्ण बदली सहित बागमती प्रदेशका धेरै स्थानहरुमा तथा प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।
विभागका अनुसार २०७८ आश्विन १ गते शुक्रबार राति देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै २०७८ आश्विन २ गते शनिबार दिउँसाे देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति देशभर आन्शिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यसरी नै २०७८ आश्विन ३ गते आइतबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ । गण्डकी तथा बागमती प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
विभाग भन्छ - बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस