एभरेष्ट प्रिमियर लिग सुरू हुँदै
- गाउँ सहर संवाददाता
- ३१ भदौ बिहीबार, २०७८ | ११:५०:०० मा प्रकाशित

काठमाडाैँ । Everest Premiere League शुरु हुन गइरहेको छ । अहिले समय जटिल छ, तर पनि मैदानबाट मनोरञ्जन प्रदान गर्न पूरा तयारीका साथ एकजुट भएर आएकाे आयाेजकले बताएकाे छ ।
यस संस्करणमा आयाेजकले हाम्रो पूरानो लोगोलाई अझ परिष्कृत बनाएकाे छ । यस नयाँ लोगोले Pokhara Rhinos का उत्साही प्रशंसकहरुलाई रोमाञ्चित पार्नेछ र हरेक प्रतिस्पर्धी टोलीहरुलाई बलियो चुनौती दिने संकेत गर्ने विश्वास आयाेजकले गरेकाे छ ।
Pokhara Rhinos भनेको दृढ संकल्प, खुसी, विश्वास, महत्वाकाँक्षी र उत्कृष्टताको पर्यायी हो । यही सिद्धान्तले नै राइनोजलाई अद्वितीय अनुभव गराउन प्रोत्साहन गर्दछ । अहिलेको नयाँ स्वरुपको परिकल्पना Pokhara Rhinos लाई नयाँ उचाइमा लैजानको लागि हौसला प्रदान गर्नेछ । यस लोगोले टिमको बलियो, एकजुट र गर्विलो (Strong, United, Proud) उपस्थितिलाई जनाउँदछ ।
यस लोगोमा रहेको कालो रंगले टिमको शक्ति, भव्यता, परिष्कृत र विश्वासलाई प्रतिनिधित्व गर्दछ भने सुन्तला रंगले टिमको खुसी, सफलता, दृढ संकल्प र उत्साहको संकेत गर्दछ ।
Pokhara Rhinos को Bajaj Pulsar EPL २०२१ को लागि जर्सी र सुरुवाल कालो र सुन्तला रंगको छ । यी दुवैमा देखिने सुन्तला रंगको घेरा तथा धर्काहरुले सुन्दरता थपेको छ ।
अगाडि माछापुच्छ्रे हिमालले सजिएको यस जर्सीको घाँटी सुन्तला रंगको छ भने बाँकी माथिल्लो भाग आकर्षक कालो रंगमा छ । जर्सीको तल्लो भाग तिर आउँदै गर्दा कालो रंग सुन्तला रंगसँग मिसिँदै जान्छ र अझ आकर्षक देखिन्छ । छातीको बायाँ भागमा Pokhara Rhinos को लोगो छ भने दायाँमा पोखरा अर्को प्रायोजक Pokhara Pure as Paradise को लोगो छ ।
बिचको भाग देखि तल सम्म पोखराको झझल्को दिने माछापुच्छ्रे हिमालले सजाइएको जर्सीमा Rhinos को EPLT20- 2078 का लागि प्रमुख प्रायोजक सौर्य सिमेन्टको लोगो हिमालको ठीक माथि राखिएको छ । त्यसैगरी, दुवै पाखुरामा आधिकारिक प्रायोजकहरु, Mitsubishi Motors र ADNOC Lubricant, को लोगो रहेको छ । यस फ्रान्चाइज लिग, Bajaj Pulsar EPL 2021, को लोगो दायाँ पाखुरामा देख्न सकिन्छ ।
जर्सीको पछाडिको भागमा अर्को प्रमुख प्रायोजक, Jagdamba Super Shine, को लोगो रहेको छ । यस लोगोको ठीक तल Rhinos का प्रशंसकहरुको लागि बनाइएको जर्सी नम्बर छ र सो नम्बर भित्रको तल्लो भागमा वृक्षारोपण मार्फत स्वस्थ वातावरणको प्रवर्द्धन गर्ने Breathe Clean को लोगो रहेको छ । यसैगरी, जर्सी नम्बरको तल Pokhara Rhinos को hash tag #GAIDA प्रयोग गरिएको छ ।
बायाँ काँधमा रहेको ४ वटा गैंडाले Pokhara Rhinos ले नेपालको फ्रेन्चाइज लिगमा खेलेको ४ सिजनलाई संकेत गर्दछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस