एमालेको अवरोधका कारण बुधबार पनि राष्ट्रियसभाको बैठक स्थगित
- गाउँ सहर संवाददाता
- ३० भदौ बुधबार, २०७८ | १२:३५:०० मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुधबार पनि राष्ट्रियसभाको बैठक अवरोध गरेको छ । एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ ।
एमालेकी सांसद भगवती न्यौपानले आफूहरुको अवरोध जारी रहने बताएपछि अध्यक्ष गणेश तिम्सिनाले कार्ययूसीमा रहेका दुईवटा बुँदा हटाएर शोक प्रस्तावमात्र पेश गरेका थिए । बुधबार राष्ट्रिय सभामा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘अध्यागमन विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने पहिलो कार्यसूची थियो ।
दोस्रो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक र सुरक्षण मुद्रण सम्बन्धी विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने थियो ।
यी दुबै कार्यसूची हटाएर अध्यक्ष तिम्सिनाले शोक प्रस्तावमात्र अगाडि बढाएका थिए । पूर्व सांसद मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित भएपछि बैठक स्थगित गरियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस