नेप्सेकाे कारोबार रकम ५ अर्बमा झर्यो, परिसूचक राताम्मे
- गाउँ सहर संवाददाता
- २९ भदौ मंगलबार, २०७८ | १६:००:०० मा प्रकाशित

काठमाडाैं । साताकाे तेस्राे दिन मंगलबार सेयर बजारमा काराेबार रकम घटेकाे छ । सूचक मापक नेप्से पनि १८.५४ अंक घटेर २९२९.२९ अंकमा झरेको छ ।
कारोबार रकम पनि धेरैपछि ५ अर्बमा सीमित भएको छ ।
यसदिन २२२ कम्पनीको १ करोड ६ लाख ३९ हजार ८२६ कित्ता शेयर ५९ हजार ८५४ पटक खरिदबिक्री हुँदा कारोबार ५ अर्ब १९ करोड ५२ लाख रुपैयाँमा समेटिएको छ ।
मंगलबार मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा यस दिन पनि अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन रैराङ्ग हाइड्रोपावर र युनाइटेड मोदीको २२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
मंगलबार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस