हनुमानढोका दरबार सङ्ग्रहालय सर्वसाधारणका लागि खुला
- गाउँ सहर संवाददाता
- २९ भदौ मंगलबार, २०७८ | ०७:०५:०० मा प्रकाशित

काठमाडौं । कोभिड–१९ को महामारी र बन्दाबन्दीका कारण बन्द गरिएको हनुमानढोका दरबार सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गरिएको छ।
कोभिड–१९ को महामारी र बन्दाबन्दीको कारण गत बैशाख १६ गतेदेखि सङ्ग्रहालय बन्द थियो। हनुमानढोका दरबार सङ्ग्रहालयका प्रमुख सन्दीप खनालले कोभिड–१९ को महामारी सामान्य हुँदै गएपछि दरबार सङ्ग्रहालय खुला गरिएको जानकारी दिए।
उनले सरकारद्वारा कार्यान्वयनमा ल्याइएको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सङ्ग्रहालय खुला गरिएको बताए। सार्वजनिक विदासहित हप्ताको सातै दिन सङ्ग्रहालय खुला रहनेछ।
तत्कालको लागि पुरानो गरगहना सम्बन्धीको प्रदर्शनी खुला गरिएको छ। त्यसैगरी, अहिले दरबारभित्र रहेको नासल चोक, लोहः चोक, पुतली बगैचा अवलोकनको लागि खुला गरिएको छ। त्यसैगरी, राजा महेन्द्रलाई जनकपुरमा बम प्रहार गरिएको गाडी समेत प्रदर्शनीमा राखिएको छ।
हनुमानढोका दरबार सङ्ग्रहालयले अवलोकनको लागि सबै विदेशीको लागि टिकट दरमा एकतारुपता ल्याएको छ। सबै विदेशीको लागि असोज १ गतेबाट हुने गरी तीन सय रुपियाँ टिकट निर्धारण गरिएको सङ्ग्रहालय प्रमुख खनालले बताए। नेपाली आगन्तुकलाई ३० रुपियाँ टिकट तय गरिएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस