गण्डकी प्रदेशका दुई मन्त्रीले गरे फेवातालको सिरानको अवलोकन
- गाउँ सहर संवाददाता
- २८ भदौ सोमबार, २०७८ | १६:३२:०० मा प्रकाशित
पोखरा । फेवातालको सिरान भाग क्षेत्रमा हर्पन खोलाले यस वर्ष पुर्याएको क्षतिको बारेमा गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल र प्रदेशका भूमि व्यवस्था, कृषि सहकारी तथा गरीबी निवारण मन्त्री चन्द्र बहादुर बुढाले अवलोकन गरेका छन् ।
अवलोकन पश्चात् नेकपा माओवादी केन्द्र पोखरा २३ वडा कमिटीले पोखरा २३ को बाम्दीमा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बरालले जनताको प्रथामिकताको आधारमा विकास निर्माणमा ध्यान केन्द्रित गर्ने बताए ।
ठगीधन्दा गर्नेहरुको समूहलाई फेवातालको सिल्ट्रेसन ड्याम निर्माण गर्ने जिम्मा दिएकोले गर्दा ड्याम फुट्ने समस्याले निरन्तरता पाउँदा जनतालाई सास्ती भएको मन्त्री बरालको भनाई थियो ।
यसैबीच प्रदेशका भूमि व्यवस्था, कृषि सहकारी तथा गरीबी निवारण मन्त्री चन्द्र बहादुर बुढाले माओवादी पार्टीका केन्द्रका नेता देखि तल्लो तहसम्म केही सुधार गर्नुपर्ने बताए ।
दलाल, पुँजीपतिको समसंग्रहमा परेर अतिवाद प्रतिगमनलाई परास्त पारेर पनि हाल काँग्रेस सहितको दलहरुसंग एकतासंगै सघर्ष समेत जारी रहेको मन्त्री बुढाको भनाई थियो । जग्गा चक्लाबन्दी र एक सहकारी एक उत्पादन कार्यक्रममा केही अनुदान भएकोले यसबाट लाभ लिन मन्त्री बुढाले आग्रह समेत गरे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
प्रतिकृया दिनुहोस