गण्डकी प्रदेशका दुई मन्त्रीले गरे फेवातालको सिरानको अवलोकन
- गाउँ सहर संवाददाता
- २८ भदौ सोमबार, २०७८ | १६:३२:०० मा प्रकाशित
पोखरा । फेवातालको सिरान भाग क्षेत्रमा हर्पन खोलाले यस वर्ष पुर्याएको क्षतिको बारेमा गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल र प्रदेशका भूमि व्यवस्था, कृषि सहकारी तथा गरीबी निवारण मन्त्री चन्द्र बहादुर बुढाले अवलोकन गरेका छन् ।
अवलोकन पश्चात् नेकपा माओवादी केन्द्र पोखरा २३ वडा कमिटीले पोखरा २३ को बाम्दीमा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बरालले जनताको प्रथामिकताको आधारमा विकास निर्माणमा ध्यान केन्द्रित गर्ने बताए ।
ठगीधन्दा गर्नेहरुको समूहलाई फेवातालको सिल्ट्रेसन ड्याम निर्माण गर्ने जिम्मा दिएकोले गर्दा ड्याम फुट्ने समस्याले निरन्तरता पाउँदा जनतालाई सास्ती भएको मन्त्री बरालको भनाई थियो ।
यसैबीच प्रदेशका भूमि व्यवस्था, कृषि सहकारी तथा गरीबी निवारण मन्त्री चन्द्र बहादुर बुढाले माओवादी पार्टीका केन्द्रका नेता देखि तल्लो तहसम्म केही सुधार गर्नुपर्ने बताए ।
दलाल, पुँजीपतिको समसंग्रहमा परेर अतिवाद प्रतिगमनलाई परास्त पारेर पनि हाल काँग्रेस सहितको दलहरुसंग एकतासंगै सघर्ष समेत जारी रहेको मन्त्री बुढाको भनाई थियो । जग्गा चक्लाबन्दी र एक सहकारी एक उत्पादन कार्यक्रममा केही अनुदान भएकोले यसबाट लाभ लिन मन्त्री बुढाले आग्रह समेत गरे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
प्रतिकृया दिनुहोस