काठमाडाैं क्षेत्र नं ४ को कांग्रेस क्षेत्रीय प्रतिनिधिमा खडकाको पनि दाबी
- गाउँ सहर संवाददाता
- २८ भदौ सोमबार, २०७८ | ०६:०८:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसकाे १४ औं महाधिवेशन प्रक्रिया शुरू भइसकेकाे छ । मुलुकभरका ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भएकाे छ भने काठमाडाैं लगायत २० जिल्लामा बाँकी नै छ ।
यसै क्रममा काठमाडाैं क्षेत्र नं ४ बुढानिलकण्ठ नगरपालिका वडा नं १२ बाट क्षेत्रिय प्रतिनिधिका लागि कुमार खड्काले पनि दाबी गर्ने भएका छन् । व्यवसाय र सामाजिक सेवामा सक्रिय खड्काले कांग्रेस संगठन अझै मजबूत बनाउने भूमिकाका लागि पनि क्षेत्रिय प्रतिनिधिमा दाबी गरेकाे बताए ।
भूकम्पकाे बेला हाेस् वा तराईमा गएको बाढी, पहिराे, कोभिड, विपत्तिको समयमा विभिन्न अभियानहरु संचालन गरेर अफ्ट्यारोमा परेकाहरुलाई सहयोग गरेका खड्का पार्टीमा अब नयाँ पुस्तालाई प्राथमिकताका साथ अगाडी बढाउनुपर्ने, कांग्रेसलाई विजयी बनाउनका लागि अग्रज, प्रौढ, युवासहित सबैलाई सम्मानजनक रुपमा समेटेर मात्र सम्भव हुने बताउँछन् ।
लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ ए-१ अन्तर्गत लायन्स क्लव अफ काठमाडाैं कपनको प्रेसिडेन्टमा रहेर काम गरिरहेका खड्काले कांग्रेस पार्टीमा युवाहरुको आकर्षण बढिरहेको समयमा युवा नेतृत्व आवश्यक रहेको र आसन्न चुनावमा युवाहरुको भूमिका महत्वपूर्ण हुने भएकोले नेपाली कांग्रेसमा आबद्ध युवाहरुको चाहना र भावनालाई सम्मान गर्दै आफूले क्षेत्रिय प्रतिनिधिमा दाबेदार रहेकाे उल्लेख गरे ।
लामो समयदेखि समाजसेवा र परोपकारी कार्यमा सक्रिय रहेका खड्काले वडा नं ११ मा पस्मिना व्यवसाय मार्फत ४५ भन्दा बढी ब्यक्तिहरुलाई रोजगारी प्रदान गर्दै आइरहेका छन् ।
'अहिलेको अवस्थामा कयौँ युवाहरू कांग्रेसको क्रियाशील सदस्यता लिन लालयित छन् । कांग्रेसमा आफू सुरक्षित र आफ्नो भविष्य देखेर पार्टीको जस्तोसुकै भारी बोक्न र बोझ सहन तयार छन् । उनीहरूकाे नेतृत्व स्थापित गराउन सम्पूर्ण क्रियाशील सदस्यले वडा, नगर, प्रदेश क्षेत्र, जिल्लादेखि नै युवा नेतृत्व स्थापना गराइ केन्द्रसम्म युवाको सही व्यवस्थापन गराउनुको विकल्प छैन' खड्काले भने- 'त्यसैले पनि मेराे दाबी रहन्छ ।'
संगठन सुदृढ गर्दै सबै अट्ने र सबैलाई समेट्ने नेपाली कांग्रेस बनाउन लाग्ने बताए । स्थानीयस्तरमै नेता तथा कार्यकर्ता सक्रिय भएमात्रै पार्टी चलायमान हुने बताउने खड्काले पार्टीका सबै क्रियाशील सदस्यहरुलाई मिलेर एक ढिक्का हुँदै पार्टीको नीतिनियम अनुसार चल्नुपर्नेमा जाेड दिए ।
अब नयाँ अनुहारलाई अवसर दिनका लागि नेतृत्व हस्तान्तरण आवश्यक रहेको बताउँछन् । ‘पुराना नेताहरूमा लामो अनुभव छ । तर, समयको चाप र विकसित प्रविधिलाई पछ्याउन सक्दैनन्,’ उनले भने, ‘सोचाइ र विचारमा समेत कुनै नयाँपन देखिँदैन । क्रियाशीलता घट्छ । त्यस्तो बेला पुराना नेताले नयाँलाई अवसर दिने हो भने समाजले चाहेअनुसार पार्टीलाई हाँक्न सक्छन् । युवालाई आकर्षित गर्न सक्छ ।’
नेतृत्व हस्तान्तरण त्यसै नहुने भन्दै उनले त्यसका लागि चुनाव लडेर आउनुपर्ने पनि बताए । कांग्रेसका अधिकांश पदाधिकारी पद र अन्य पदहरू प्रत्यक्ष निर्वाचनबाट आउने खालका भएकोले युवाहरूले हिम्मत गर्नुपर्ने उनको भनाइ छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस