एमसिसी सम्झौताका यहि प्रावधान कायम रहे नेपाल सरकार जोकर हुने - डा. लोहनी
- गाउँ सहर संवाददाता
- २५ भदौ शुक्रबार, २०७८ | १५:५५:०० मा प्रकाशित

काठमाडौँ । राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले रिपोर्टर्स क्लव नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा पेस भएनुसारकाे एमसिसी पारित गर्ने हाे भने नेपालकाे के गति हाेला भन्ने प्रश्न सरकारसँग गरेका छन् ।
कार्यक्रममा उनले भने, "नेपाल अमेरिकाको मित्रता गहिरो छ । आर्थिक सहयोग मात्र नभएर संयुक्त राष्ट्रसंघमा नेपालको सदस्यताको लागि अमेरिकी योगदान नेपालीले सधैँ सम्झने छन् । हाल अमेरिकाले एमसिसीमार्फत नेपालमा बिजुली, बाटो निर्माण गर्न सहायता दिने भएको छ । यो सकारात्मक हो तर योसंग गाँसिएको सर्तहरू बारे असहमति रहेको छ । मुलतः यो सम्झौता कार्यान्वयन गर्दा अमेरिकाको वर्तमान कानुन मात्र नभएर भविष्यमा बन्ने कानुन पनि लागू हुने जस्ता अनौठा सर्तको औचित्य बुझ्न सकिएको छैन ।"
डा. लाेहनीले सम्झौता कार्यान्वयन गर्न एमसिसी नेपाल खडा हुने तर यसले कर्मचारी सरुवादेखि नियुक्तिसम्म अमेरिकाको एमसिसीको स्वीकृत लिएर मात्र गर्न पाउने जस्ता प्रावधानले गर्दा नेपाल सरकार जोकर फाल्तु देखिन पुगेको बताउँदै यस्ता थुप्रै प्रावधानहरुको औचित्य बारे जनताले जान्न चाहेकाे बताएका छन् ।
"अमेरिकासंग अनुदान लिएर विकास गर्दाको कोहि विरोध गर्दैनन् तर अनुदानसंग जोडिएका सर्तको पुनर्विचार गर्नु पर्छ । नेपालीहरु अमेरिकाका मित्र हुन् । अतः यसै विषयमा प्रधानमन्त्रीले आवेस र हतार नगरी सबै पक्षबीच सहमति खोजी सो अनुरुप मित्र राष्ट्र अमेरिकासंग संवाद गरी नेपालीले उठाएका प्रश्न बारे सम्झौताको अंगको रुपमा नयाँ पत्राचार र व्याख्या कायम गरेर मात्र अगाडि बढ्नु पर्छ । विषेशतः यो सम्झौता अहिले पेस भए अनुसार पारित गर्ने हो भने भोलि उत्तर र दक्षिणका उदयमान महाशक्तिले पनि विकास अनुदानमा एमसिसी कै जस्ता सर्त मागे भने नेपालको के गति होला सरकारले सोचोस्" उनले भनेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस