कोरोनाका कारण थप २१ जनाको मृत्यु, ४५८ जना संक्रमित सघन र १४५ जनाको भन्टिलेटरमा उपचार हुँदै
- गाउँ सहर संवाददाता
- २५ भदौ शुक्रबार, २०७८ | १६:२५:०० मा प्रकाशित
काठमाडौँ । कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या १० हजार ९२४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ १ हजार १४६ संक्रमित थपिएका छन् । सोसहित कुल संक्रमितको संख्या पिसिआर परीक्षणबाट ७ लाख ७५ हजार ५४८ र एन्टिजेन विधिबाट ८६ हजार ४०६ पुगेको छ । अहिलेसम्म पिसिआरबाट ४० लाख ८ हजार ४६ र एन्टिजेनबाट ५ लाख ५१ हजार ५४८ परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो समयमा निको हुनेको संख्या १ हजार ६६० छ । योसहित कुल निको हुनेको संख्या ७ लाख ३६ हजार ६६६ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले ४५८ जना संक्रमित सघन र १४५ जनाको भन्टिलेटरमा उपचारार्थ छन् । देशभरका संस्थागत क्वारेन्टाइनमा रहनेको संख्या २५२, होम आइसोलेशनमा रहने २६ हजार २९६ र संस्थागत आइसोलेशनमा १ हजार ६६२ रहेका छन् ।
देशमा सक्रिय संक्रमण २७ हजार ९५८ मा रहेको छ ।
मन्त्रालयका अनुसार निको हुनेको प्रतिशत ९५ छ ।
पूर्ण खोप लगाउनेको संख्या ५१ लाख २० हजार ८७७ पुगेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
- ‘जय नेपाल पार्टी’ घोषणाको तयारी, दुर्गा सर्वोच्च नेता, धवल अध्यक्ष
- सरकारको असफलताबारे यस्तो छ कांग्रेसको १५ बुँदा
- एआई नअपनाए विकासशील देश पछि पर्ने विश्व बैङ्कको चेतावनी
प्रतिकृया दिनुहोस