कोरोनाका कारण थप २१ जनाको मृत्यु, ४५८ जना संक्रमित सघन र १४५ जनाको भन्टिलेटरमा उपचार हुँदै
- गाउँ सहर संवाददाता
- २५ भदौ शुक्रबार, २०७८ | १६:२५:०० मा प्रकाशित

काठमाडौँ । कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या १० हजार ९२४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ १ हजार १४६ संक्रमित थपिएका छन् । सोसहित कुल संक्रमितको संख्या पिसिआर परीक्षणबाट ७ लाख ७५ हजार ५४८ र एन्टिजेन विधिबाट ८६ हजार ४०६ पुगेको छ । अहिलेसम्म पिसिआरबाट ४० लाख ८ हजार ४६ र एन्टिजेनबाट ५ लाख ५१ हजार ५४८ परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो समयमा निको हुनेको संख्या १ हजार ६६० छ । योसहित कुल निको हुनेको संख्या ७ लाख ३६ हजार ६६६ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले ४५८ जना संक्रमित सघन र १४५ जनाको भन्टिलेटरमा उपचारार्थ छन् । देशभरका संस्थागत क्वारेन्टाइनमा रहनेको संख्या २५२, होम आइसोलेशनमा रहने २६ हजार २९६ र संस्थागत आइसोलेशनमा १ हजार ६६२ रहेका छन् ।
देशमा सक्रिय संक्रमण २७ हजार ९५८ मा रहेको छ ।
मन्त्रालयका अनुसार निको हुनेको प्रतिशत ९५ छ ।
पूर्ण खोप लगाउनेको संख्या ५१ लाख २० हजार ८७७ पुगेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस