साताका अधिकांश दिनहरूमा सामान्य देखि पूर्ण बदली, केहि स्थानमा मेघगर्जन/चट्याङ्ग र केहिमा हिमपातसम्म
- गाउँ सहर संवाददाता
- २४ भदौ बिहीबार, २०७८ | २१:३७:०० मा प्रकाशित

काठमाडाैँ । जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले बिहीबार माैसमी अनुमान जारी गर्दै आगामी साता अधिकांश दिनहरूमा बदली हुने बताएकाे छ । उसका अनुसार केहि स्थानमा मेघगर्जन/चट्याङ्ग र हिमाली भूभागमा हिमपातकाे सम्भावना रहेकाे समेत बताएकाे छ ।
साताको मौसम सारांश:
१. साताका अधिकांश दिनहरूमा सामान्य देखि पूर्ण बदली रहने सम्भावना ।
२. हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा/हिमपातको सम्भावना ।
३. पहाडी तथा तराई भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना ।
४. प्रदेश नं १ को तराई भूभाग र प्रदेश २ मा साताको मध्यतिर एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना ।
५. बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागमा साताको अन्त्यमा भारी वर्षाको सम्भावना ।
६. देशका धेरैजसो स्थानमा न्युनतम तापक्रममा उल्लेखनीय परिपवर्तन नहुने र अधिकतम तापक्रम हल्का घट्ने सम्भावना ।
७. देशका पहाडी तथा तराई भुभागका केहि स्थानमा मेघगर्जन/चट्याङ्गको सम्भावना ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस