काठमाडौँ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा यो हप्ताको अन्तिम दिन बिहीबार ०.६२ अंकले गिरावट भएर २ हजार ८ सय ७५ दशमलब ९८ विन्दुमा नेप्से इन्डेक्स पुगेको छ ।
बिहीबार नेप्सेमा ७ अर्ब ५० लाख बराबरको मात्रै कारोबार भएको छ । जीवन बीमा कम्पनी, जलविद्युत कम्पनी र इन्भेष्टमेन्ट र ट्रेडिङ समूह बाहेक सबै समूहमा गिरावट देखिएको छ ।
(नेप्से) मा साताको चौथो कारोबारको दिन बुधबार समेत उच्च अंकको गिरावट आएको थियो । बुधबार ६०.०२ अंकले घटेर दुई हजार ८ सय ७६ दशमलब ५९ विन्दुमा थामिएको थियो ।
बुधबार कोरोबार रकममा पनि ठुलो गिरावट आएको थियो । बुधबार ६ अर्ब ६४ करोड ६६ लाख बराबरको मात्र कारोबार भएको थियो । विहीबार सबैभन्दा बढी फाइनान्स समूहको सप इन्डेक्समा ३६.४३ अंकको गिरावट देखिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस