बाढीपहिरोमा परी सोमबार देशका विभिन्न स्थानमा छ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- २२ भदौ मंगलबार, २०७८ | ०७:४४:०० मा प्रकाशित

काठमाडाैँ । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी सोमबार देशका विभिन्न स्थानमा छ जनाको मृत्यु भएको छ ।
पहिरोले रोल्पामा दुई जना र जाजरकोटमा एक जना, बाढीले मकवानपुरमा दुई जना र प्युठानमा अविरल वर्षाको चपेटामा परेर एक जना गरी छजनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
बाढीपहिरोमा परेर अन्य चारजना घाइते भएका छन् ।
मनसुन सुरु भएयता हालसम्म बाढीपहिरोका कारण १२९ जनाको मृत्यु भएको छ । त्यस्तै ४४ जना बेपत्ता हुनुका साथै १२७ जना घाइते भएका छन् ।
आइतबार राति बागमती र गण्डकी प्रदेशका धेरै जिल्लामा भारी वर्षा भएको छ । त्यसअनुसार सिन्धुलीको हरिहरपुरमा १३४ मिलिमिटर, बाँकेमा १३३ मिलिमिटर, भक्तपुरको नगरकोटमा १२२ मिलिमिटर, सिन्धुपाल्चोकको धापमा ११४.४ मिलिमिटर र प्युठानको स्याउलीमा १११.८ र चितवनको चरतरेमा १०९.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।
साेमबारपनि धेरै स्थानमा भारी वर्षा भएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस