दार्चुलाको तुइन घटनाबारे छानबिन प्रतिवेदन : तुइन चुडाउने कार्यमा भारतीय एसएसबीको संलग्नता
- गाउँ सहर संवाददाता
- १५ भदौ मंगलबार, २०७८ | २०:५०:०० मा प्रकाशित
काठमाडौं । दार्चुलाका जयसिंह धामी तुइनबाट खसेर बेपत्ता भएको घटनाबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । मंगलबार साँझ समितिका संयोजक जनार्दन गौतमले गृहमन्त्री बालकृष्ण खाँणलाई एक महिना गलाएर तयार पारिएको प्रतिवेदन बुझाएका हुन्
समितिले तुइन चुडाउने कार्यमा भारतीय सशस्त्र सीमा बल (एसएसबी ) को संलग्नता रहेको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।
घटनामा संलग्न एसएसबीमाथि अनुसन्धान गरी दोषिमाथि कारबाही र उचित क्षतिपूर्तिका लागि भारतसमक्ष कूटनीतिक पहल गर्न समितिले सुझाव दिएको छ ।
समितिको प्रतिवेदनमा उक्त घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितीमा घटेको देखिएको उल्लेख गर्दै उनीहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानुनी कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।
पीडितको परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्नुपर्ने समितिको प्रतिवेदनमा उल्लेख छ । समितिले धामीको आश्रित परिवारलाई सरकारका तर्फबाट पालन पोषण र शिक्षा दिक्षाको व्यवस्थापन गर्न सिफारिस समेत गरेको छ ।
.jpg)
गत साउन १५ गते दार्चुलाको व्यास गाउँपालिकाका धामी तुइनबाट खसेर बेपत्ता भएका थिए । ‘भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन खुस्काइदिएपछि’ धामी खसेर महाकालीमा बेपत्ता भएका हुन् । उनको अवस्था अझै अज्ञात छ ।
घटनाको अनुसन्धानका लागि सरकारले साउन १७ गते १० दिनमा प्रतिवेदन बुझाउन भन्दै गृह मन्त्रालयका सहसचिव गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समिति हेलिकोप्टरमार्फत घटनास्थल पुगेको थियो । पीडितका परिवार, धामीसँग तुइन तरेका प्रत्यक्षदर्शीलगायतसँग टोलीले बयान समेत लिएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
प्रतिकृया दिनुहोस