राजनीति
संस्थापन इतर समूह सभापतिको साझा उम्मेदवार तय गर्न आन्तरिक छलफलमा जुट्दै
- गाउँ सहर संवाददाता
- १५ भदौ मंगलबार, २०७८ | १२:१३:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूह सभापतिको साझा उम्मेदवार तय गर्नका लागि आन्तरिक छलफलमा जुट्ने भएको छ ।
साझा उम्मेदवार तय गर्ने बारेको छलफलका लागि संस्थापन इतर समूहका नेताहरु वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा भेला हुँदै छन् । पौडेलले आफ्नै निवासमा मंगलबार दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् ।
आउँदो महाधिवेशनमा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाविरुद्ध साझा उम्मेदवार चयन गर्नु पर्ने दबाबमा संस्थापन इतर समूह छ ।
सभापतिको उम्मेदवार बन्न रामचन्द्र पौडेलसहित शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंहसहितका नेताहरुले इच्छा व्यक्त गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
प्रतिकृया दिनुहोस