राजनीति
संस्थापन इतर समूह सभापतिको साझा उम्मेदवार तय गर्न आन्तरिक छलफलमा जुट्दै
- गाउँ सहर संवाददाता
- १५ भदौ मंगलबार, २०७८ | १२:१३:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूह सभापतिको साझा उम्मेदवार तय गर्नका लागि आन्तरिक छलफलमा जुट्ने भएको छ ।
साझा उम्मेदवार तय गर्ने बारेको छलफलका लागि संस्थापन इतर समूहका नेताहरु वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा भेला हुँदै छन् । पौडेलले आफ्नै निवासमा मंगलबार दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् ।
आउँदो महाधिवेशनमा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाविरुद्ध साझा उम्मेदवार चयन गर्नु पर्ने दबाबमा संस्थापन इतर समूह छ ।
सभापतिको उम्मेदवार बन्न रामचन्द्र पौडेलसहित शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंहसहितका नेताहरुले इच्छा व्यक्त गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस