खेलकुदलाई सोखको रुपमा मात्र नलिऔँ : मन्त्री बराल
- गाउँ सहर संवाददाता
- १४ भदौ सोमबार, २०७८ | २२:२४:०० मा प्रकाशित
पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले खेलकुदलाई सोखको रुपमा मात्र लिन नहुने बताएका छन् । केही सीमित व्यक्तिहरुले खेलकुदलाई सोखको रुपमा मात्र प्रयोग गर्नाले नेपाली खेलकुदपछि परेको उनले बताएका छन् । वल्र्ड हाप्किडो च्याम्पियन शिपमा नेपालबाट सहभागि हुने नेपाली खेलाडीहरुको पोखरामा सुरु भएको बन्द प्रशिक्षणको उद्घाटन गर्दै मन्त्री बरालले मुठ्ठीभरका केही व्यत्तिहरुले आफ्नो सोखका रुपमा मात्र प्रयोग गर्दा नेपाली खेलकुद पछि परेको बताएका हुन् ।
आफ्नो खेल कौशलसहित विदेशमा जादा नेपालीको भाषा संस्कृतिको समेत प्रद्र्धन गर्नुपर्ने मन्त्री बरालको भनाई थियो । देशको इज्जत र प्रतिष्ठानको पहिचानको लागि आफ्नो बलबुताले भ्याएसम्म खेल कौशल प्रदर्शन गर्न मन्त्री बरालले आग्रह गरे ।
प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले मार्सल आर्ट खेल आत्मरक्षाको लागि उपयुक्त खेल भएको बताउँदै हाप्किडो खेललाई नवौं राष्ट्रिय खेलकुदमा समावेस गर्न केन्द्रमा पहल गर्न सुझाव दिए ।
जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरणबहादुर बानियाँले खेलाडीका लागि खेलकुदसँगै अनुशासन महत्वपूर्ण रहेको जनाए । नेपाल मार्शल आर्टस हाप्किडोको बन्द प्रशिक्षण पोखरामा शुरु भएको छ । बन्द प्रशिक्षणमा देशभरीका २० जना खेलाडी सहभागी छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
प्रतिकृया दिनुहोस