कोरोना संक्रमितमध्ये ५६८ सघन र १६० जनाको भेन्टिलेटरमा उपचार हुँदै, थप १६ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- १४ भदौ सोमबार, २०७८ | १६:४५:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७३० पुगेको छ ।
पछिल्लो २४ घण्टामा १६ हजार २३३ को परीक्षण हुँदा २ हजार २९५ संक्रमित थपिएका छन् ।
आजसम्म जम्मा ३९ लाख ६ हजार २९ पिसिआर र ४ लाख ६५ हजार ८४० जनाको एन्टिजेन परीक्षण भएको छ । जसमा ७ लाख ६१ हजार १२४ पिसिआरबाट संक्रमण पुष्टि भएका छन् भने एन्टिजेनबाट ८३ हजार ३६४ पुष्टि भएका छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ५६८ सघन र १६० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या गत २४ घण्टामा १ हजार ८०८ छ । योसहित कुल निको हुनेको संख्या ७ लाख १४ हजार ५२० पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३३८ र होम आइसोलेशनमा रहेको संख्या ३३ हजार ३३३ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या २ हजार ५४१ छ ।
देशमा सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ रहेको छ ।
अहिलेसम्म पूर्ण खोप प्राप्त गर्नेको संख्या ४३ लाख ९६ हजार ४०२ पुगेको मन्त्रालयले जनाएको छ ।
उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १९.५ प्रतिशत र मृत्यु प्रति दश लाखमा ३६१.६ रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
प्रतिकृया दिनुहोस