श्री जननमूना माध्यमिक विद्यालयलाई ज्योति विकास बैंकको सहयोग
- गाउँ सहर संवाददाता
- ११ भदौ शुक्रबार, २०७८ | १५:१७:०० मा प्रकाशित

काठमाडाैं । ज्योति विकास बैंकद्वारा वीरेन्द्रनगर सुर्खेत, पिपल चौतारा वडा नं.-६, स्थित श्री जन नमूना माध्यमिक विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत समुदायमा व्यवस्थित ढंगले पिउने पानीको धाराको निर्माण र व्यवस्थापन गर्नका लागी आर्थिक सहयोग प्रदान गरेको छ ।
समुदायमा व्यवस्थित ढंगले शुद्ध पिउने पानीको धाराको निर्माण र व्यवस्थापन गर्नका लागी बैंकले श्री जन नमूना माध्यमिक विद्यालयलाई एक कार्यक्रममार्फत रु. एक लाख पचास हजार बराबरको आर्थिक सहयोग गरेको छ ।
विद्यालयमा आयोजित कार्यक्रममा ज्योति विकास बैंककातर्फबाट बैंकको सुर्खेत शाखाका शाखा प्रबन्धक श्री जिवन जोशी, श्री जन नमूना माध्यमिक विद्यालयकातर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद कोइराला, प्रध्यानाध्यापक यामबहादुर श्रेष्ठ र वीरेन्द्र नगर वडा नं. ६, सुर्खेतका वडाअध्यक्ष मोतीप्रसाद कँडेलको उपस्थिति रहेको थियो । खानेपानी धाराको जडानपश्चात सो विद्यालयका विद्यार्थीहरु, समुदायका मान्छेहरु र आवतजावत गर्ने बटुवाहरुले शुद्ध खानेपानीको लाभ लिन सक्नेछन् ।
नेपाली समाजमा स्थानीय तहमा सुषुप्त रुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित "हाम्रो विकास प्रवर्द्धन कोष" मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ ।
ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
- २६ अंकले बढेको नेप्सेका कति भयाे कारोबार
- निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- रास्वपा र राप्रपाद्वारा आज पनि सदन बहिष्कार
प्रतिकृया दिनुहोस