गाउँ सहर

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७३३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५६१, भक्तपुरमा ६६ र ललितपुरमा १०६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घन्टामा देशभर थप २ हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २६ जनाको मृत्यु भएको छ ।

बिहीबार १ हजार ९२९ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३८ हजार ३८४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता