काठमाडाैं । पछिल्लो २४ घन्टामा देशभर थप २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौँ उपत्यकामा मात्रै ७४५ जना कोरोना संक्रमित थपिएका छन् । जुन ३० कुल संक्रमित संख्याकाे ३० प्रतिशत हाे ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५१५, भक्तपुरमा १४२ र ललितपुरमा ८८ जना संक्रमित थपिएका हुन् ।
यस्तै थप ४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसमा पछिल्लो २४ घण्टामा मृत्यु भएका र केही दिनअघि नेपाली सेनाले शव व्यवस्थापन गरेको संख्या समेत जोडिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बुधबार १ हजार ७८१ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३८ हजार २८७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस