कांग्रेसका जिल्ला सभापतिहरुको अनसनमा ऐक्यबद्धता जनाउन पुगे पौडेल समूहका नेताहरू
- गाउँ सहर संवाददाता
- ९ भदौ बुधबार, २०७८ | १६:५३:०० मा प्रकाशित

काठमाडाैं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले जिल्ला सभापतिहरूको रिले अनशनलाई ऐक्यबद्धता जनाएको छ । जिल्ला सभापतिहरु रिले अनसनमा ऐक्यवद्धता जनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला,नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा।शेखर कोइराला, दिलेन्द्रप्रसाद बडु, चित्रलेखा यादव लगायत सानेपा पुगेका थिए ।
नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसी, काभ्रे जिल्ला सभापति मधु आचार्य, धादिङ जिल्ला सभापति रमेश धमला तथा युवा नेताद्वय रञ्जित कर्ण र डिल्लीराम सुवेदी अनसनमा बसेका हुन् ।
आन्दोलित जिल्ल सभापतिहरूलाई सम्बोधन गर्दै पाैडेलले क्रियाशील सदस्यको सूची हेर्न पाउनुपर्ने भन्दै आन्दोलित जिल्ला सभापतिहरूको माग तत्काल सम्बोधन हुनुपर्ने बताए ।
“फाइनल गरेर सूची अहिले सार्वजनिक गर्नुपर्छ, हेर्न पाउनु पर्छ, गल्ती सच्याउन पाउनुपर्छ,” उनले भने, “मैले सभापतिजीलाई सूची सार्वजनिक गरौँ धर्नाको आवश्यता पर्दैन भनेर भनेको हो । सभापतिहरूको माग तत्काल सम्बोधन गर्नुपर्छ ।"

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस