‘आर्थिक विकास र शान्तिको लागि कोरियाली प्रायदिपको पुनर्मिलन आवश्यक’
- गाउँ सहर संवाददाता
- ४ भदौ शुक्रबार, २०७८ | २१:२१:०० मा प्रकाशित
काठमाडाैँ । अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलनको तेस्रो सिरीज सम्पन्न भएको छ । आर्थिक विकास र शान्तिको लागि कोरियाली प्रायदिपको पुनर्मिलनका सन्दर्भमा बिहीबार र शुक्रबार दुई दिने भर्चुअल सम्मेलन सम्पन्न भएको हो ।
कोरियाली प्रायदिपको शान्तिपूर्ण पुनर्मिलनको वातावरण बनाउन युनिर्भसल पीस फडेरेसनको आयोजनामा थिक टयाँक २०२२ ग्लोबल फोरमले एशिया व्यासफिकस्तरिय नेतृत्व सम्मेलनमा तीन दर्जनभन्दा बढी राष्ट्रका हजारौँ व्यक्तिले सहभागिता रहेको छ भने ४० भन्दा जना वक्ताहरूले दुई कोरियाबीचको पुनर्मिलनको सम्भाब्यताबारे बोलेका थिए ।
सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञहरूले सम्बोधन गदै कोरिया पुनर्मिलनको बारेमा ऐक्यबद्धता प्रकट गरेका थिए ।
भर्चुअल सम्मेलन मार्फत भएको अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलन र थिंक ट्यांक २०२२ ग्लोबल फोरमले कोरियाली प्रायद्वीपमा आर्थिक विकासको संभावनाहरु, एशियामा यसको प्रभाव र विश्व शान्तिको लागि भूमिकाको बारेमा सम्बोधन गरिने छ । सम्मेलनमा नेपालका प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरियाली प्रायद्वीपको एकीकरणले कोरियाको प्रगतिमा मात्र योगदान पुर्याउँछ भन्ने हैन पूर्वोत्तर एशिया र विश्वको शान्ति र समृद्धिलाई पनि सहयोग पुर्याउने बताए । सम्मेलनमा पूर्वमन्त्री एकनाथ ढकालले कोरियाली प्रायदिपको शान्तिपूर्ण पूर्नमिलनको लागि सामाजिक अभियानहरू सञ्चालन गरेको बताउँदै दुबै कोरियाको एकिकरण विस्तारै सम्भव बन्दै जाने बताए । युपीएफ एशिया प्यासफिकका अध्यक्ष समेत रहेका ढकालले दुवै देशका नेताहरूले एक आपसमा पटक पटक भेटवार्ता गर्ने र सम्वन्धलाई थप मजबुद बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको बताउँदै यस्ता कार्यक्रम मार्फत कोरियाली प्रायदिपको पुर्नमिलनलाई सहयोग गर्ने बताए ।
संविधानसभा सदस्य उदय नेपाली श्रेष्ठ लामो विभाजित र प्राविधिक रूपमा युद्धमा रहेका कोरियाली प्रायद्वीपका राष्ट्रहरूबिच शान्तिमय पुनर्मिलनको व्यावहारिक समाधान खोज्नका लागि आवश्यक रहेको बताए । सम्मेलनमा भारतीय जनता पार्टीका नेता बिजय जोली, बासिङटन टाइम्स्का अध्यक्ष म्याक डेबिट, नेपालका लागि पूर्व भारतीय राजदूत केबी राजन प्रोफेसर सिर्जना थापा लगायताका बत्ताहरुले बोलेका थिए ।
सम्मेलनलाई अग्रजी, नेपाली, रसियन, खमेर, थाई लगायत सात भाषामा अनुवाद गरिएको सम्मेलनको प्रत्यक्ष तथा विभिन्न सामाजिक सञ्जालको माध्यमबाट लाखौँ जनाको सहभागिता रहेको थियो ।
युनिभर्सल पीस फेडरेशन संयुक्त राष्ट्र संघको आर्थिक र सामाजिक परिषदसंग सामान्य परामर्श दाता एक गैर सरकारी संगठन हो । जसले अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलन र थिंक ट्यांक २०२२ ग्लोबल फोरमको माध्यमाबाट दुबै कोरियाको पूनमिलनको विभिन्न आयामको बारेमा बहस चलाउँदै आएको छ । आठ ओटा सत्रमा भएको सम्मेलनमा विभिन्न क्षेत्रका विषयगत विज्ञहरुले आफ्नो धारणा राखेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
प्रतिकृया दिनुहोस