छुट्ला है : आजदेखि कक्षा ११ र १२ का विद्यार्थी तथा ४० वर्षमाथिकालाई यी ठाउँमा खाेप लगाइँदैछ
- गाउँ सहर संवाददाता
- ४ भदौ शुक्रबार, २०७८ | ०८:३५:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउने भएको छ । महानगरले आजदेखि १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई खोप दिन लागेको हो ।
आजदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिइने महानगरले जनाएको छ ।
महानगरका अनुसार खोप अभियान महानगरका ३२ वटै वडामा भदौ ४, ५, र ८ गते सञ्चालन हुने छ ।
खोप केन्द्रहरू :
- सशस्त्र प्रहरी अस्पताल, बलम्बु
- वीरेन्द्र सैनिक अस्पताल, छाउनी
- राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी
- नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज
- वीर अस्पताल, रत्नपार्क
- निजामति कर्मचारी अस्पताल, बानेश्वर
- परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, थापाथली
- शिक्षण अस्पताल, महाराजगञ्ज
- काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरू र आवश्यकताअनुसार पालिकाले तोकेको थप खोप केन्द्र
- अन्य नगरपालिकाको हकमा सोही पालिकाले तोकेको खोप केन्द्र ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ऊर्जा, सिंचाइ, भौतिक पूर्वाधार र सहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडिने
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
प्रतिकृया दिनुहोस