वातावरण

शुक्रबारकाे माैसमः एकदुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा

काठमाडाैँ । जल तथा माैसम विज्ञान विभागका अनुसार २०७८ भाद्र ०४ गते शुक्रबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

यसरी नै राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता