कोरोनाबाट थप ३३ जनाको मृत्यु, सक्रिय संक्रमित ३९ हजार २९८ पुगे, ७५८ सघनमा र १९३ जनाको भेन्टिलेटरमा उपचार हुँदै
- गाउँ सहर संवाददाता
- ३१ श्रावण आइतबार, २०७८ | १६:५१:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार २९२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार १०६ को परीक्षण हुँदा २ हजार २१२ संक्रमित थपिएका छन् । जसमा ५९.८८ पुरुष र ४०.१२ महिला छन् ।
आजसम्म जम्मा ३७ लाख ५७ हजार ५७२ पिसिआर र ३ लाख ९५ हजार ८५३ जनाको एन्टिजेन परीक्षण भएको छ । जसमा ७ लाख ३२ हजार २७२ पिसिआरबाट संक्रमण पुष्टि भएका छन् भने एन्टिजेनबाट ७५ हजार १३० पुष्टि भएका छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ७५८ सघन र १९३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार ८६७ छ । निको हुनेको प्रतिशत ९३.२ छ । योसहित कुल निको हुनेको संख्या ६ लाख ८२ हजार ६८२ पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ४१९ र होम आइसोलेशनमा रहेको संख्या ३५ हजार १८ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या ४ हजार २८० छ ।
देशमा सक्रिय संक्रमितको संख्या ३९ हजार २९८ रहेको छ ।
अहिलेसम्म दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या ३३ लाख ६४ हजार १५७ पुगेको मन्त्रालयले जनाएको छ ।
उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।
पछिल्लो समय कोरोना संक्रमण सोचेजस्तो नघटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । उसले विज्ञप्ति जारी गरीसंक्रमणको दर बढेको बताएको हो । उसले लुकिछिपी मापदण्डको पालना नगरेको पाइएको बताएको छ ।
संक्रमणको जोखिम बढिरहेको समयमा झनै सम्बेदनशील रहनुपर्ने र जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
मन्त्रालयका अनुसार अहिले ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, दोलखा, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, रुपन्देही र सुर्खेत रहेका छन् भने २०० माथि संक्रमित रहेका १६ जिल्लाहरु छन् ।
मन्त्रालयका अनुसार संक्रमण दर १९.५ र मृत्यु प्रति दश लाख जनसंख्यामा ३४६.९ रहेको छ ।
प्रदेशगत रुपमा बागमतीमा १६ हजार १९२ जना होम आइसोलेशनमा र १ हजार ६७१ जना संस्थागत आइसोलेशनमा रहेका छन् जुन सबैभन्दा उच्च हो । यस्तै सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा जहाँ होम आइसोलेशनमा रहनेको संख्या १ हजार ११६ छ भने संस्थागत आइसोलेशनमा रहनेको १२९ छ । तर मृतकको हिसावले हेर्ने हो भने बागमतीमा अहिलेसम्म ४ हजार ४०० को मृत्यु भइसकेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस