हाइटी गएकाे भूकम्पमा परि ३०० जना भन्दा बढिकाे ज्यान गएको पुष्टि, १८ सय भन्दा बढी घाइते
- ३१ श्रावण आइतबार, २०७८ | ०८:३५:०० मा प्रकाशित

काठमाडाैं । हाइटीमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा ३०४ जनाको ज्यान गएको पुष्टि भएको छ । क्यारबियन देश हाइटीमा ११ वर्षपछि गएको शक्तिशाली भूकम्पमा परेर १८ सयजना भन्दा बढी घाइते भएका छन् ।
७ दशमलव २ रेक्टर स्केलको भूकम्पमा पुरिएकाहरुको उद्धार चलिरहेको छ । ज्यान गुमाउने र घाइतेहरुको सङ्ख्या बढ्न सक्ने अनुमान छ । राजधानी पोर्ट अफ प्रिन्सबाट एक सय ५० किलोमिटर पश्चिम केन्द्रबिन्दु बनाएर भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
भूकम्पमा परेर हजाराैँ भौतिक संरचना क्षतिग्रस्त भएका छन् । स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ । प्रधानमन्त्री एरियल हेनरीले आपत्कालीन अवस्थाको घोषणा गर्नुभएको छ । उनले सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग पनि अपिल गरेका छन् ।
सन् २०१० को जनवरी १२ मा हाइटीमा सात म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसबेला भूकम्पमा परेर कम्तीमा एक लाख ६० हजार मानिसको ज्यान गएको थियो । सो भूकम्पको भग्नावशेषबाट उठ्दै गरेको हाइटीमा फेरि शक्तिशाली भूकम्प गएको हो ।
प्रतिकृया दिनुहोस