नाग मुर्ति स्थापना सहित विधिपूर्वक प्राणप्रतिष्ठा
- गाउँ सहर संवाददाता
- २९ श्रावण शुक्रबार, २०७८ | १४:४४:०० मा प्रकाशित

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ स्थित म्यूजियममार्गमा स्थापना गरिएको नाग मूर्तिको विधिपूर्वक प्राणप्रतिष्ठा गरिएको छ ।
स्थानीय धार्मिक व्यक्तित्वको सकृयता एवम् विभिन्न संघ संस्था, उद्योगी व्यवसायीको सामुहिक प्रयासबाट निर्माण गरिएको नागथानमा पाँच शिर भएका नागले शिवलिङ्गलाई वेरिएको नागमूर्ति स्थापना गरी प्राणप्रतिष्ठा गरिएको हो ।
शिवको महिना साउनको चौथो सोमवारदेखि प्रत्येक दिन बिहान सोडषोपचार विधिवाट पुजा आरधना एवम् साझ धुप आरती सहित शिलामा नाग भगवानलाई आव्हान गरिएको पूजा व्यवस्थापन समितिका संयोजक विष्णुप्रसाद पौडेलले जानकारी दिए । अव्यवस्थित एवम् सानो ठाउँमा दुई दशक अघि नागस्थान स्थापना गरी प्रत्येक नागपञ्चमीका अवसरमा पूजा गरिँदै आएको उनले बताए ।
नागमूर्ति सहित पूजा आरधना गर्नेका लागि आवश्यक ठाउँ, पानी, विद्युत सहितको एक दर्जन जनाको क्षमता भएको नागस्थान निर्माणका लागि कूल दुई लाख तीन हजार ११५ रुपैयाँ खर्च भएको नागथान निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष चेतनदास शर्माले जानकारी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस