आज बस्ने प्रतिनिधि सभाको बैठककाे कार्यसूची
- गाउँ सहर संवाददाता
- २९ श्रावण शुक्रबार, २०७८ | ०९:०३:०० मा प्रकाशित

काठमाडौ ं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ।
संसद सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले “विनियोजन अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यसैगरी अर्थमन्त्री शर्माले “आर्थिक अध्यादेश, २०७८ लाई स्वीकृत गर्ने प्रस्ताव र “राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ लाई स्वीकृत गर्ने प्रस्ताव पनि पेश कार्यसूची छ ।
यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
यस्तै सांसद प्रेम सुवालले “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस अघि बिहीबार पनि प्रतिनिधिसभा बैठक बसेको थियो ।
यस्तो छ कार्यसूची

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ऊर्जा, सिंचाइ, भौतिक पूर्वाधार र सहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडिने
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
प्रतिकृया दिनुहोस