देउवा सरकारप्रति ओलीकाे टिप्पणी : ‘हाछ्यु खाएँ, बाछ्यु खाएँ झुसे बारुलो’
- गाउँ सहर संवाददाता
- २५ श्रावण सोमबार, २०७८ | १७:५८:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको साझा न्यूनतम कार्यक्रमप्रति कडा टिप्पणी गरेका छन् । एमालेको ११ औँ केन्द्रीय कमिटी बैठकलाई सोमबार च्यासलमा सम्बोधनका क्रममा एमालेलाई गाली बर्साउँदै स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति/संस्थामाथि कारबाही गर्ने सत्तारुढ गठबन्धनको प्रतिवद्धता आफूहरुलाई फसाउने याेजना अनुरूप भएकाे बताएका छन् ।
ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार रोक्ने भन्दै ल्याएको न्यूनतम कार्यक्रमको आलोचना गर्दै क्यान्टोनमेनको भ्रष्टाचारबारे छानबिन गर्न चुनौती दिएका छन् ।
कार्यक्रमका सन्दर्भमा देउवालाई लक्षित गर्दै उनले भने, ‘भ्रष्टाचारीलाई कार्वाही गर्ने रे । क्यान्टोनमेन्टको भ्रष्टाचार, विगतको लुट, निजी सम्पत्ति कब्जा, ठेक्का कब्जामाथि छानबिन हुन्छ ? वाइड बडी, बालुवाटार जग्गा प्रकरण, सुन तस्करी काण्ड कहिले भयो ? संलग्न गठबन्धनका नेताहरुलाई कार्बाही गर्न सक्छौ ?’
आफूहरुलाई फसाउन खोजे प्रतिकार गर्ने उनको चेतावनी छ । पूर्व प्रधानमन्त्री ओलीले भने, ‘हाछ्यु खाएँ, बाछ्यु खाएँ झुसे बारुलो । एमालेले तमाम देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिको साथ लिएर प्रतिकार गर्नेछ ।’
अर्को प्रसंगमा उनले आफ्नो सरकारले गरेका सबै राम्रा कामको बदनाम देउवा सरकारले गर्न खोजेको पनि आरोप लगाएका छन् । उनले भने,‘ भत्काइदेऊ धरहरा, पुरिदेऊ रानी पोखरी, टालिदेऊ मेलम्ची, भत्काइदेऊ सडक पुल र बिमानस्थलहरु ओली याद आउने सबै चिजहरु ।’
देउवा नेतृत्वको सरकार आफूहरुमाथि गाली गलोजमा उत्रिएको पनि ओलीले बताएका छन् ।
'यो सरकार अहिले हामीलाई गर्नु गाली गरिसकेपछि, तथानाम भनिसकेपछि मेलमिलापको कुरा गरिरहेको छ । हामीमाथि प्रतिगामी, प्रतिक्रियावादी, अलोकतान्त्रिक तानाशाह भनिसकेपछि गठबन्धन सकार अपवित्र संस्कृतिको विकास गर्न लागेको छ ।'

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ऊर्जा, सिंचाइ, भौतिक पूर्वाधार र सहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडिने
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
प्रतिकृया दिनुहोस