एनआरएए इकोटोरियल गुयानामा सेढाईकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन
- गाउँ सहर संवाददाता
- १६ श्रावण शनिबार, २०७८ | ११:१५:०० मा प्रकाशित

काठमाडाैं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) इकाेटाेरियल गुयानाले निर्विरोध कार्यसमिति चयन गरेको छ । संघको हालै सम्पन्न तेस्राे अधिवेशनले बिष्णुहरि सेढाईको नेतृत्वमा सिङ्गो कार्यसमिति नै सर्वसम्मतले चयन गरेको हो ।
त्यसैगरि उपाध्यक्षमा सुमन विके, महासचिव-लवकुमार थपलिया र काेषाध्यक्षमा प्रतिक थपलियका चयन भएका छन् ।
निर्वाचन संयाेजक तथा निवर्तमान अध्यक्ष कृष्णचन्द्र सेढाईका अनुसार मानबहादुर कार्की, किशाेर शाह, कृपा शर्मा, वासुदेव सेढाई कार्यसमिति सदस्यमा चयन भएका छन् ।
निर्वाचित कार्यसमिति सदस्यहरूलाई निवर्तमान अध्यक्ष सेढाईले सपथ ग्रहण गराई कार्यभार हस्तान्तरण गरेका थिए ।
इकाेटाेरियल गुयाना पश्चिमी अफ्रिकस्थित समुद्र छेउमा रहेकाे मुलुक हाे । १४ लाख मात्र जनसंख्या रहेकाे त्यहाँकाे प्रतिव्यक्ति अाय २१ हनार ४४२ अमेरिकी डलर रहेकाे छ । यस मुलुकले कच्चा तेल, काठ, कफी निर्यात गर्दछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस