स्वास्थ्य

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१९ जना कोभिड संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१९ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ५५६, भक्तपुरमा ७६ र ललितपुरमा १८७ जना संक्रमित थपिएका हुन् । 

योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ८ हजार ५०१ पुगेको छ । 

आज देशभर होम आइसोलेसनमा २७ हजार ८ सय २०, संस्थागत आइसोलेसनमा ३ हजार १९४, आईसीयूमा ६८६ र भेन्टिलेटरमा १६१ जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता