वातावरण

कृषि-मौसम पूर्वानुमान : आगामी साताको सातै प्रदेशकाे मौसम यस्ताे छ

काठमाडाैँ। जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले बिहीबार सातै प्रदेशकाे माैसमी पूर्वानुमान सार्वजनिक गरेकाे छ।

साताको मौसमी सारांश:

  1. साताभरी देशको हिमाली भू-भागमा सामान्य देखि पूर्ण बदली रहि धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा/हिमपातको सम्भावना देखिन्छ।
  2. साताभरी देशको पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली रहि धेरै स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना देखिन्छ। साताको शुरु तथा अन्त्यतिर प्रदेश १ का थोरै स्थानहरुमा र साताको अन्त्यतिर बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
  3. साताभरी देशको तराई भू-भागमा सामान्य देखि पूर्ण बदली रहि धेरै स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना देखिन्छ।
  4. यो साता देशका अधिकांश भू-भागहरुमा अधिकतम तथा न्युनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने देखिन्छ।

गाउँ सहर संवाददाता