कोरोना संक्रमितमध्ये ६३६ सघन र १६० जनाको भेन्टिलेटरमा उपचार हुँदै, थप १६ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- १४ श्रावण बिहीबार, २०७८ | १६:२६:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १४ हजार २४२ को परीक्षण हुँदा ३ हजार ३६५ संक्रमित थपिएका छन् । जसमा ६०.२ पुरुष र ३९.७ महिला छन् ।
आजसम्म जम्मा ३५ लाख ८४ हजार ४१९ पिसिआर र ३ लाख ९२ हजार २३३ जनाको एन्टिजेन परीक्षण भएको छ । जसमा ६ लाख ९० हजार ६४२ पिसिआरबाट संक्रमण पुष्टि भएका छन् भने एन्टिजेनबाट ५ लाख ९ हजार ३८० पुष्टि भएका छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ६३६ सघनमा र १६० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार ३७३ छ । निको हुनेको प्रतिशत ९४.१ छ । योसहित कुल निको हुनेको संख्या ६ लाख ५० हजार ४४५ पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३७९ र होम आइसोलेशनमा रहेको संख्या २७ हजार ३५५ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या ३ हजार ३५ छ ।
देशमा सक्रिय संक्रमितको संख्या ३० हजार ३९० रहेको छ ।
अहिलेसम्म दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या १५ लाख ४८ हजार ८०३ पुगेको मन्त्रालयले जनाएको छ ।
उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।
पछिल्लो समय कोरोना संक्रमण सोचेजस्तो नघटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । उसले विज्ञप्ति जारी गरीसंक्रमणको दर बढेको बताएको हो । उसले लुकिछिपी मापदण्डको पालना नगरेको पाइएको बताएको छ ।
संक्रमणको जोखिम बढिरहेको समयमा झनै सम्बेदनशील रहनुपर्ने र जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
मन्त्रालयका अनुसार अहिले ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, नवलपरासी पूर्व, कास्की र रुपन्देही रहेका छन् भने २०० माथि संक्रमित रहेका २४ जिल्लाहरु छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ऊर्जा, सिंचाइ, भौतिक पूर्वाधार र सहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडिने
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
प्रतिकृया दिनुहोस