जन्मदिनमा बृद्ध तथा बाल आश्रमलाई सहयोग
- गाउँ सहर संवाददाता
- १३ श्रावण बुधबार, २०७८ | २०:५७:०० मा प्रकाशित
लेखनाथ । लायन्स क्लव अफ लेखनाथ टाउनका अध्यक्ष विनोद प्रसाद लामिछानेले आफनो जन्मदिनको अवसर पारेर पोखरा –२७ मा रहेको श्रीकृष्ण प्रणामी बृद्ध तथा बाल आश्रमलाई सहयोग गरेका छन् ।
पोखरा –३० शिसुवा निवासी लामिछानेले आफनो ४३ औं जन्मत्सवको अवसर पारेर मंगलवार आश्रममा पुगी ग्याँस सिलिण्डर, चुलो, खाद्य सामग्री सहित फलफुल हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा लायन्स क्लवका एनएलएफ चिफ शैलेन्द्रमोहन भटराई र लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुमनमोहन भटराईले आश्रम संचालक समितिका अध्यक्ष दुर्गा प्रसाद गौतम र सचिव तिलकशालि अधिकारीलाई उक्त सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्ने सहभागी वक्ताहरुले जन्मदिनमा गरिने फजुल खर्चको सट्टा विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्नु उदाहरणीय काम भएको भन्दै आश्रममा रहेका बृद्धाबृद्धाका लागि प्रयोग हुने सामग्री दिँदा पुण्य काम हुनेमा जोड दिएका थिए ।
लायन्स क्लव अफ लेखनाथ टाउनका अध्यक्ष विनोद प्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लवका जोन चियर पर्संन सागर लामिछाने, आश्रम संचालक समितिका सदस्य महेश्वर पाण्डे र क्लवका निवर्तमान अध्यक्ष ईन्द्रबहादुर थापा लगायतले सामाजिक संघ सस्थामा सहयोग गर्नेलाई सदैव कल्याण हुने धारणा राखेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
प्रतिकृया दिनुहोस