राजनीति
नवनियुक्त प्रदेश प्रमुखहरूले लिए पद तथा गोपनीयताको सपथ
- गाउँ सहर संवाददाता
- १३ श्रावण बुधबार, २०७८ | २०:५२:०० मा प्रकाशित

काठमाडाैं । नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचन र गण्डकीमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङलाई पद तथा गोपनीयताको सपथ खुवाएकी हुन् ।
मंगलबार मन्त्रिपरिषद बैठकले सिफारिस गरेका गुरूङ र शेरचनलाई भण्डारीले नियुक्त गरेकी थिइन् ।
गुरूङ कांग्रेस र शेरचन नेकपा माओवादी केन्द्रको कोटामा नियुक्त भएका हुन् ।
यसअघि गण्डकी प्रदेशमा सीताकुमारी पौडेल र लुम्बिनीमा धर्मनाथ यादव थिए। दुबैलाई फालेर देउवा सरकारले नयाँ नियुक्ति गरेको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस