पोखरा म्याराथनलाई ‘हङकङ नेपाली गाइज’ को सहयोग
- गाउँ सहर संवाददाता
- १३ श्रावण बुधबार, २०७८ | २०:३५:०० मा प्रकाशित
पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा सञ्चालन हुने पोखरा म्याराथनलाई हङकङबाट खेलप्रेमी नेपाली यूवाहरुले आर्थिक सहयोग गरेका छन् ।
पोखरेली हङकङ गाइज रामबजारले पोखरा म्याराथनलाई ४१ हजार ३०० नगद सहयोग प्रदान गरेको मञ्चका कार्यवाहक अध्यक्ष हरि प्रसाद पराजुलीले जानकारी दिए ।
उक्त रकम हङकङ स्थित तेक्वान्दोका खेलाडी कृष्ण गुरुङले ५ सय हङकङ डलर, हिमाल रानाले १ हजार हङकङ डलर, नयन सिंह गुरुङ (कान्छा) ले ५ सय हङकङ डलर, कृष्ण गुरुङले ३ सय ५० हङकङ डलर र दिपक गुरुङले ५ हजार नेपाली रुपैयाँ सहयोग गरेको मञ्चका महासचिव खेम गुरुङले बताए । उक्त सहयोग रकम महासचिव गुरुङले पोखरेली हङकङ गाइजका तर्फबाट कावा अध्यक्ष पराजुलीलाई हस्तान्तरण गरेका छन् ।
सो अवसरमा मञ्चका कावा अध्यक्ष पराजुलीले सहयोगका लागि पाखरेली हङकङ गाइजलाई आभार प्रकट गरेका छन् । विदेशमा वस्ने नेपालीहरुले कोभिड १९ को यस्तो जोखिमको बेलामा समेत पोखरा म्याराथनलाई माया गरी सहयोग गर्नु सराहनीय रहेको भन्दै अब मञ्च १६ औं संस्करणको पोखरा म्याराथनको तयारीमा जुट्ने बताए ।
रकम हस्तान्तरण कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, सहकोषाध्यक्ष महेश पौडेल, कार्यसमिति सदस्यहरु तिलक केसी, हरिश्वर पराजुली, हरि वरुवाल, विश्व तन्डुकार, पुष्पा श्रेष्ठको समेत सहभागिता रहेको थियो ।
पोखरेली हङकङ गाइजले गत वर्ष सम्पन्न १४ औं संस्करणका लागि पनि १ लाख ११ हजार नगद सहयोग गरेको थियो । पोखरामा १५ औं सस्करणसम्म पोखरा अन्तर्राष्ट्रिय म्याराथन सम्पन्न भैसकेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
प्रतिकृया दिनुहोस