कोरोना संक्रमण पुनः बढ्न थाल्यो, थप १८ जनाको मृत्यु, थपिए २ हजार ९७७
- गाउँ सहर संवाददाता
- ८ श्रावण शुक्रबार, २०७८ | १५:५१:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६७९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १७ हजार ३०८ को परीक्षण हुँदा २ हजार ९७७ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या पिसिआरबाट ६ लाख ७६ हजार ७२६०८ र एन्टिजेन विधिबाट ५३ हजार ४३८ पुगेको छ ।
बागमतीमा मात्रै १ हजार ५७ संक्रमित थपिएका छन् ।
आजसम्म जम्मा ३५ लाख १७ हजार ८८९ पिसिआर र २ लाख ८२ हजार १७९ जनाको परीक्षण भएको छ ।
अहिलेसम्मका संक्रमितमध्ये ६८२ सघनमा र १७५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार ६७८ छ । निको हुने प्रतिशत ९४.५ रहेको छ । योसहित कुल निको हुनेको संख्या ६ लाख ३९ हजार ३६८ पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३३५ र होम आइसोलेशनमा रहेको संख्या २४ हजार ९८३ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या २ हजार ६८२ छ ।
देशमा सक्रिय संक्रमितको संख्या २७ हजार ६६१ रहेको छ ।
अहिलेसम्म दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या १३ लाख १२ हजार १२ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय कोरोना संक्रमण सोचेजस्तो नघटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । उसले विज्ञप्ति जारी गरी पछिल्लो हप्तामा संक्रमणको दर बढेको बताएको हो । उसले लुकिछिपी मापदण्डको पालना नगरेको पाइएको बताएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस