रामेछाप कांग्रेसको नेतृत्वका लागि आधा दर्जन आकांक्षी
- गाउँ सहर संवाददाता
- ५ श्रावण मंगलबार, २०७८ | ०९:३१:०० मा प्रकाशित
रामेछाप । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको मिति नजिकिएसँगै रामेछापमा पनि नेतृत्वका लागि चर्चा सुरु भएको छ ।
कांग्रेस केन्द्रीय समिति बैठकले जिल्ला अधिवेशन साउन २६ गते गर्ने निर्णय गरेसँगै जिल्ला नेतृत्वका आकांक्षीहरु आफ्नो पक्षमा माहोल बनाउन सक्रिय बनेका छन् ।
केन्द्रको समीकरण अनुसार उम्मेदवारी दिने जिल्ला तहका नेताहरुको तयारी छ । रामेछापमा बहालवाला सभापतिदेखि यसअघिका प्रत्यासी र नयाँ गरि आधा दर्जन नेता आकांक्षी देखिएका छन् ।
वर्तमान सभापति लवश्री न्याैपानेले दाेहाेरिने घाेषणा गरिसकेका छन् ।
यसअघि सभापतिका प्रत्यासीका उम्मेद्वारहरू कृष्ण महत, अजुर्न केसी, युवराज भट्टराईलगायतले सभापतिको दाबी छन् ।
त्यसैगरि सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसबाट संघकाे उम्मेद्वारसमेत रहेका पूर्णबहादुर तामाङ (कान्छाराम) लाई घरमै बाेलाएर सभापतिकाे उम्मेद्वारी बन्न निर्देशन दिएकाे चर्चा छ । तामाङले पनि सभापतिकाे लागि उम्मेद्वारी घाेषणा गरिरहेका छन् ।
त्यसैगरि महाधिवेशन प्रतिनिधि भरत चाैलागाई, उपसभापति जितेन्द्र कुमार माेक्तान, सचिव लेखबहादुर कार्की पनि सभापति आकांक्षी देखिएका छन् ।
तर, पार्टी पूर्वसभापति रामचन्द्र खड्काले जिल्लामा सकेसम्म सहमतिमै सभापति घाेषणा गर्ने प्रयत्नमा सबैपक्षसँग छलफलमा लागिपरेकाे बताए । सकेसम्म सर्वसम्मतले पार्टी सभापति चयन गर्नसके अन्य जिल्लाहरूका लागि पनि उदाहरणीय र दबाब हुने उनले जनाए ।
नेतृत्वका आकांक्षीले आसन्न स्थानीय, प्रदेश र संघीय निर्वाचनमासमेत आफ्नो हैसियतलाई सुरक्षित राख्ने गरी आवश्यक रणनीति बनाउन थालेपछि यसपटकको निर्वाचनलाई जिल्लामा निकै महत्वपूर्ण साथ हेरिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
- ‘जय नेपाल पार्टी’ घोषणाको तयारी, दुर्गा सर्वोच्च नेता, धवल अध्यक्ष
- सरकारको असफलताबारे यस्तो छ कांग्रेसको १५ बुँदा
- एआई नअपनाए विकासशील देश पछि पर्ने विश्व बैङ्कको चेतावनी
प्रतिकृया दिनुहोस