अर्थतन्त्र

यूनियन लाइफको आईपिओ बाँडफाँड : तपाईं १६ लाख कि ५ लाखभित्र पर्नुभयाे ?

काठमाडाैं । युनियन लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आइपीओ) बाँडफाँट भएको छ । 

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार इन्स्योरेन्समा कुल २१ लाख ८२ हजार ७७५ जना आवेदकबाट आवेदन परेका छ ।

माग भन्दा बढी आवेदन परेकोले कम्पनीको शेयर धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले वितरण गर्दा ५ लाख ८० हजार ५०० जनाले मात्रै शेयर पाएका छन् ।

त्यस अनुसार बाँकि १५ लाख ३२ हजार २९९ जना अर्थात करिब ७३ प्रतिशतले शेयर पाएनन् ।

कम्पनीले कुल जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको थियो ।

उक्त आवेदन मध्ये दोहोरो आवेदन गरेका ४ हजार ८०१ र अन्य कारणले ६५ हजार १७५ वटा आवेदन रद्ध भएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत