सपथकाे पर्खाइमा नवनियुक्त प्रधानमन्त्री देउवा शीतल निवासमा
- गाउँ सहर संवाददाता
- २९ असार मंगलबार, २०७८ | १९:४७:०० मा प्रकाशित
काठमाडौं । राष्ट्रपति कार्यालयबाट विज्ञप्ति सच्चिएको खबर आएपछि नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा शपथ लिन शीतल निवास पुगेका छन् ।
देउवा सचिवालयका अनुसार विज्ञप्ति सच्चिएको खबर आएसँगै उनी पद तथा गोपनियताको शपथ लिन शीतल निवास पुगेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्तिमा संविधानको धारा उल्लेख नगरेकोप्रति देउवाले आपत्ति जनाएका थिए ।
राष्ट्रपति कार्यालयले विज्ञप्ति नसच्याए सम्म सपथ नलिने अडान राखेपछि ६ बजेका लागि तोकिएको शपथ ग्रहण कार्यक्रम अहिलेसम्म शुरु हुन सकेको छैन।
देउवाले आफू संविधानको धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै असहमति जनाएका हुन्। देउवाको अडानपछि राष्ट्रपति कार्यालय विज्ञप्ति सच्याउन तयार भएको बुझिएको छ।
देउवा सर्वाेच्चकाे परमादेश अनुसार प्रधानमन्त्री नियुक्त्त भएका हुन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस