गाउँ सहर

केपी शर्मा ओलीकाे जाँदाजाँदैकाे सम्बाेधन २ बजे

काठमाडौँ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

ओलीले दिउँसो २ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको उनको सचिवालयले जानकारी दिएको छ ।

सर्वोच्च अदालतले संसद विघटन रद्द गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएसँगै ओली आज बिदा हुँदै छन् ।

बिदा हुनुअघि ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

गाउँ सहर संवाददाता