कोरोना संक्रमितमध्ये ९४.६ प्रतिशत निकाे, थप १२ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- २९ असार मंगलबार, २०७८ | १६:०६:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाबाट अहिलेसम्म ९ हजार ४१४ को मृत्यु भएको छ । यस्तै कुल संक्रमित ६ लाख ५८ हजार ७७८ पुगेका छन् भने निको हुने ६ लाख २३ हजार १०५ छन् ।
पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार १२ को परीक्षण हुँदा २ हजार ३९८ संक्रमित थपिएका छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ५८६ सघनमा र १८२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या २ हजार ७८ छ । निको हुनेको प्रतिशत ९४.६ रहेको छ ।
आजसम्म ३४ लाख ३० हजार २२२ जनाको पिसिआर टेस्ट भएको छ भने एन्टिजेन विधिबाट २ लाख ४२ हजार ६२६ को टेस्ट भएको छ । देशभरका क्वारेन्टाइनमा रहनेको संख्या २९९ र होम आइसोलेशनमा रहेको संख्या २३ हजार ५३९ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या २ हजार ७२२ छ ।
देशमा सक्रिय संक्रमितको संख्या २६ हजार २६१ रहेको छ ।
अहिलेसम्म दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या ११ लाख ३ हजार १३० पुगेको मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस