शेयरबजारका कुरा : नेप्से ७३ अंकले बढ्दा लगानीकर्तामा उत्साह, काराेबार रकम पनि बढ्याे
- गाउँ सहर संवाददाता
- २७ असार आइतबार, २०७८ | १५:३७:०० मा प्रकाशित

काठमाडौं । अघिल्लाे साता लगातार घटिरहेको सेयर बजार यस साताकाे पहिलाे दिन आइतबार उकालाे लागेकाे छ ।
यस दिन नेप्से परिसूचक ७३.३३ अंक बढेर २८९८.४३ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १३.५१ अंक, फ्लोट इण्डेक्स ५.६४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.४५ प्रतिशत बढेको छ ।
औषतमा साढे ४ अर्ब कारोबार भएको बजारमा यो दिन ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता सेयर ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४९६ रुपैयाा ३९ पैसामा कारोबार भएको छ । यो दिन २०२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२ वटा कम्पनीको मात्रै सेयर मूल्य घटेको छ । त्यसैगरी १० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
यस दिन गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र आइसीएफसी फाइनान्सको शेयरमूल्य १० प्रतिशत बढेको छ । कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य भने यस दिन ३.७५ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको यस दिन ३९ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस