निषेधाज्ञा खुलेपछि कोरोना संक्रमण बढ्यो, थप २२ जनाको मृत्यु, मापदण्डमा कडिकडाउ भएन
- गाउँ सहर संवाददाता
- २६ असार शनिबार, २०७८ | १६:५८:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाबाट अहिलेसम्म ९ हजार ३६२ को मृत्यु भएको छ । यस्तै कुल संक्रमित ६ लाख ५४ हजार २१२ पुगेका छन् भने निको हुने ६ लाख १८ हजार ३६१ छन् ।
पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ४१७ को परीक्षण हुँदा २ हजार १६९ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ५४३ सघनमा र १५५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार ४३२ छ । निको हुनेको प्रतिशत ९४.५ रहेको छ ।
आजसम्म ३४ लाख ९ हजार ९४० जनाको पिसिआर परीक्षण भएको छ भने एन्टिजेन विधिबाट २ लाख ३१ हजार ९४ को परीक्षण भएको छ । देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३०८ र होम आइसोलेशनमा रहेको संख्या २३ हजार ५३९ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या २ हजार ९५० छ ।
देशमा सक्रिय संक्रमितको संख्या २६ हजार ४८९ रहेको छ ।
पछिल्लो समय निषेधाज्ञा खुलेसंगै कोभिड परीक्षण घटेको छ भने संक्रमणको दर दैनिक वृद्धि हुँदै गएको छ । तर मृत्यु भने घटेको छ । अहिलेपनि २० देखि ६० वर्ष उमेर समूहमा संक्रमण उचो छ ।
अहिलेसम्म कोरोनाविरुद्धको दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या १० लाख १ हजार ७५९ पुगेको मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस