कांग्रेसको संस्थापन इतर पक्षका सभापतिका आकांक्षीबीच छलफल, साझा उम्मेद्वारीकाे खाेजी हाेला त ?
- गाउँ सहर संवाददाता
- २५ असार शुक्रबार, २०७८ | १८:२७:०० मा प्रकाशित
काठमाडाैं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षका सभापतिका आकांक्षीबीच छलफल सुरु भएको छ । शुक्रबार अपराह्न चार बजेबाट बत्तिसपुतलीस्थित अनुपम फुडल्याडमा इतर पक्षका सभापतिका आकांक्षीहरुबीच छलफल चलिरहेको छ ।
छलफलमा सभापतिका ८ जना आकांक्षी सहभागी छन् । वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, पूर्व सहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी र डा.रामशरण महत, नेताहरु, डा.शेखर कोइराला र सुजाता कोइरालाबीच छलफल चलिरहेको छ ।
यसपटक देउवाको हातबाट जसरी पनि कांग्रेसको नेतृत्व फुत्काउनु पर्नेमा सबै नेता सहमत भए पनि एकले अर्कालाई अस्वीकार गर्न सकेका छैनन् ।
अघिल्लोपटक पौडेललाई सहयोग गरेका कोइराला परिवार, नेता सिंह नै यसपटक आफैँ सभापतिको उम्मेद्वार बन्ने आकांक्षा राखिरहेका छन् । कोइराला परिवारका तीनै जना नेताले सभापतिमा उठ्ने तयारी अघि बढाएका छन् ।
नेता शेखर कोइरालाई लामो समयदेखि सभापतिमा उठ्ने तयारी गरे पनि संशाक कोइरालाले देउवालाई पराजित गर्न सक्ने एक मात्र उम्मेद्वार आफू मात्रै भएकाले सबैले सहयोग गर्नुपर्ने बताइरहेका छन् ।
पौडेलले पनि अहिलेसम्म आफूले पार्टीमा नेतृत्व गर्ने अवसर नपाएकाले एकपटक पाउनुपर्ने जिकिर आफ्नै समूहभित्र गरिरहेका छन् । संस्थापन समूहमा भने अहिलेसम्म देउवा र उपसभापति विमलेन्द्र निधिले सभापतिमा उठ्ने घोषणा गरेका छन् । कांग्रेसको १४औँ आउँदो भदौ १६ देखि १९ गतेसम्म हुँदैछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
प्रतिकृया दिनुहोस