कोरियाली प्रायदीपको शान्तिपूर्ण पुनर्मिलनको वातावरण बनाउँदै युपीएफ
- गाउँ सहर संवाददाता
- २५ असार शुक्रबार, २०७८ | १६:०१:०० मा प्रकाशित
काठमाडाैँ । सात दशकदेखि विभाजित र अघोषित युद्धमा रहेका कोरियाली प्रायद्वीपका राष्ट्रहरुबिच शान्तिमय पुनर्मिलनका लागि एसिया प्रशान्तका विभिन्न राष्ट्रका विज्ञहरू समेटेर अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलन सम्पन्न भएको छ ।
विश्वको उदाउँदो आर्थिक शक्ति कोरियाली राष्ट्रहरुको पुनर्मिलन विश्व शान्ति र सुरक्षाको लागि अपरिहार्य छ । कोरियाली प्रायदिपको शान्तिपूर्ण पुनर्मिलनको वातावरण बनाउन युनिर्भसल पीस फडेरेसन सक्रिय रहेको छ । कोरियाली प्रायदिपको शान्तिपूर्ण पुनर्मिलन र विश्व शान्ति र सुरक्षाका अवसरहरु विषयमा अन्तर्राष्टिय स्तरका छलफलका कार्यक्रमरु संस्थाले गदै आएको छ । विगत सात दशकमा अझै पनि विभाजित र प्राविधिक रूपमा युद्धमा रहेका कोरियाली प्रायद्वीपका राष्ट्रहरुबिच शान्तिमय पुनर्मिलनको व्यावहारिक समाधान खोज्नका लागि समाजका सबै क्षेत्रका विज्ञहरूले आफ्नो अनुभव र अन्तरदृष्टि प्रस्तुत गरेका छन् ।
२०२१ को जुलाइ महिनाको ७ र ८ मा सम्पन्न उक्त २ दिवसीय भर्चुअल सम्मेलनमा उत्तर दक्षिण कोरियाको पुनर्मिलन र यसिया प्रशान्तमा शान्ति र सुरक्षा विषयमा विभिन्न दृष्टिकोणहरुमा छलफल भएको थियो । एशिया प्रशान्त क्षेत्रमा सम्पन्न सम्मेलनको लागि ४१ राष्ट्रका लगभग ५००० व्यक्तिले प्रत्यक्ष दर्ता गरेर सहभागी भएका थिए । ४५ जना वक्ताहरुमा, विभिन्न राष्ट्रका पूर्व राष्ट्र प्रमुख, संसद, कुटनितिक विज्ञहरूले सम्मेलनमा सम्बोधन गरेका थिए ।
यूपीएफको स्थापना सन् २००५ मा. डा. सुन म्योङ मुन र उहाँकी धर्मपत्नी डा. हाक जा हान मुन (जो अहिले विश्व शान्ति अभियान्को नेतृत्व गरिरहेछन्) द्वारा आयोजना द्वारा गरिएको थियो । विश्व शान्ती महासंघका अन्तरास्ट्रिय अध्यक्ष डा. थोमस जि. वाल्सले यसिया प्रशान्तको शान्ति र विश्व शान्तिका लागि विभाजित दुई कोरियाबिच एकता हुनु अपरिहार्य भएको प्रष्ट्याएका थिए । उक्त सम्मेलनको समापन सत्रमा फिलिपिन्स्का पूर्व सभामुख होसे डि. भेनेसियाले “फादर मुन र मदर मुनले तीस वर्ष अगाडि उत्तर कोरियाको भ्रमण गरि तत्कालिन राष्ट्रपति किम इल सुङ लाई भेटेर सुरुवात गरेको कोरियाली प्रायद्विपको शान्ति र पुनः एकीकरण एकदिन अवश्य सम्पन्न हुने बताए ।
दुबै कोरियाका नागरिकहरुले समान संस्कार र संस्कृति अंगालेका र दुबै देशले युद्धको सामना गरेको बताउँदै कोरियाली प्रायदिपको शान्तिपूर्ण पूनमिलन भए बिश्वमा सकारात्मक सन्देश जाने छलफलमा सहभागिहरुले बताएका छन् ।
दुई दिन सम्म चलेको सम्मेलनमा नेपालका लागि प्रान्सका लागि पूर्व नेपाली राजदुत डा. मोहन कृष्ण श्रेष्ठले कोरियाली प्रायदिपको मिलनको लाथि २०१८ मा भएको ओलम्पिक खेलले महत्पूर्ण भूमिका निर्वाह गरेको बताउँदै अहिले दुबै देशले एकिकरणको अभियान शुरु गरेको बताए । उनले दुबै देशले एक अर्कालाई विश्वासमा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए । सम्मेलनमा एशियन रिजनल ईन्सटीच्यूट अफ जुछे आईडिय डेपुटी सेक्रेटरी जनरल सुभाष काजी श्रेष्ठले पछिल्लो समय दुबै कोरियाबीच सामाजिक सांस्कृतिक सम्बन्धहरुको विकास भएको बताउँदै दुबै देशका राष्ट्रप्रमुखले २०१८मा भेटेर एकीकरण हुन सक्ने आशा पलाएको बताए । उनले कोरिया एकिकरणको अभियान विस्तारै सम्भव हुने बताए ।
पूर्वमन्त्री एकनाथ ढकालले कोरियाली प्रायदिपको शान्तिपूर्ण पूर्नमिलनको लागि सामाजिक अभियानहरु सञ्चालन गरेको बताउँदै दुबै कोरियाको एकिकरण विस्तारै सम्भव बन्दै जाने बताए । युनिर्भसल पीस फेडेरेसन एशिया प्यासफिकका अध्यक्ष समेत रहेका ढकालले दुवै देशका नेताहरुले एक आपसमा पटक पटक भेटवार्ता गर्ने र सम्वन्धलाई थप मजबुद बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गरेको बताउँदै यस्ता कार्यक्रम मार्फत कोरियाली प्रायदिपको पुर्नमिलनलाई सहयोग गर्ने बताए । कोरियाली देशहरुको पुनर्मिलनले कोरियामा मात्र नभएर एसिया प्रशान्त अनि विश्वमा नै दिगो शान्ति र सुरक्षा स्थापना हुनेछ । कोरियाली भूमिमा फेरि कहिल्यै हामीले विध्वंसात्मक युद्ध देख्नु पर्ने छैन । बुद्ध जन्मिएको देश नेपाल र शान्तिप्रेमी नेपालिहरु सदैव शान्तिको पक्षमा भएकोले दुई कोरियाको पुनर्मिलन र शान्ति नेपालले स्वागत गर्ने ढकालले बताए ।
सम्मेलनमा बाचन प्रबिणल दिनबन्धु पोखरेल लगायतले बोलेका थिए । यसैलाई सार्थकता दिन नागरिक सामजको पहलकदमी कोरियाली पुनः एकिकरणका सम्भव बनाउन कोरियाली प्रायदीपको एकीकरणका लागि नयाँ अवसरहरूको खोजी गर्न विज्ञहरूको अन्तर्राष्ट्रिय संजाल निर्माण थिंक ट्यांक २०२२ स्थापना गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
प्रतिकृया दिनुहोस