वातावरण

आगामी हप्ता सम्म नै मनसुन सक्रिय, सतर्कता अपनाउन विभागकाे अनुराेध

काठमाडाैँ । जल तथा माैसम विज्ञान विभागले विशेष माैसम बुलेटिन प्रकाशन गरी मनसुन न्यून चापिय प्रणालीका कारण हाल देशभर मनसुन सक्रिय अवस्थामा रहेको जनाएकाे छ। उसले भनेकाे छ - आगामी हप्ता सम्म नै मनसुन सक्रिय भई देशका धेरै  स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा  सबै प्रदेशका केहि-केही स्थानहरुमा भारी वर्षा/धेरै भारी वर्षाको सम्भावना  छ।

उसका अनुसार, देशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु पर्नेछ।

गाउँ सहर संवाददाता