रामेछापकाे स्वास्थ्य केन्द्रमा अक्सिजन उत्पादन गर्ने सिलिण्डर सहयाेग
- गाउँ सहर संवाददाता
- १९ असार शनिबार, २०७८ | २०:०८:०० मा प्रकाशित

रामेछाप । रामेछाप मन्थली नगरपालिका ३ कठजोर ठाटी सहरी स्वास्थ्य केन्द्र र गोकुल गङ्गा गाउँपालिका वडा नम्बर ६ फर्पू स्वास्थ्य केन्द्रको लागि हङकङ नेपाली महासङ्घ स्वयर्स एक्सन हङकङको सहयोगमा स्वास्थ्य केन्द्र र प्राथमिक स्वास्थ्य केन्द्रको लागि प्रति मिनेट १० लिटर अक्सिजन उत्पादन गर्न सक्ने क्षमताको अक्सिजन सिलिण्डर सहयाेग गरिएकाे छ ।
नेपाली काङ्ग्रेसको तर्फबाट रामेछाप प्रदेस सभा सदस्य उम्मेद्वार रत्नबहादुर कार्कीको पहलमा आज उपलब्ध गराइएको हाे ।
कोभिड रोकथाम तथा नियन्त्रणको लागि २ लाख मूल्य पर्ने उक्त सामग्रीहरु समाजसेवी इन्जिनियर आकाश उप्रेती र प्राबिधिक सहयोगी डा. दीपेन्द्र पौडेलबाट सम्बन्धित स्वास्थ्य केन्द्रहरुमा हस्तान्तरण गरिएको छ । सङ्स्थाले यसअघि २ वटाको दरले ३५ जिल्लामा बितरण गरिसकेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस