कोरोनाबाट थप २० को मृत्यु, निको हुने प्रतिशत ९३
- गाउँ सहर संवाददाता
- १५ असार मंगलबार, २०७८ | १७:०६:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । दैनिक मृतकको संख्या घटेको छ ।
नयाँ थपिने संक्रमितको संख्यापनि कम भएको छ भने निको हुने दर बढेको छ । यस्तै आइसियू र भेन्टिलेटरमा विरामीको संख्यापनि घटेको छ ।
कोरोनाभाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ९ हजार ७१ पुगेको छ ।
यो मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका र अस्पतालमा छुटेका समेत हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुबै विधिबाट ११ हजार ७४८ को परीक्षण गरिएकोमा २ हजार ६३६ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ६ लाख ३६ हजार ९१६ पुगेको छ । नयाँ संक्रमितमा ६०.७ प्रतिशत पुरूष र ३९.३ महिला छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३४८ जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको छ । निको हुनेको प्रतिशत ९३ छ ।
मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा ६४९ को आइसियूमा र १८४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार अहिले होम आइसोलेशनमा रहनेको संख्या ३२ हजार ३४८ र संस्थागत आइसोलेशनमा रहनेको संख्या २ हजार ९६१ छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २१ वर्षदेखि ६० वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म पिसिआर परीक्षण ३३ लाख ३६ हजार ९४६ र एन्टिजेन परीक्षण १ लाख ८४ हजार ४३० को गरिएको छ ।
मन्त्रालयका अनुसार दोस्रो खोपको मात्रा लगाउनेको संख्या ७ लाख ५४ हजार ५४२ रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस